यो मनसुनमा अघिल्ला वर्षभन्दा धेरै वर्षा हुने प्रक्षेपण

काठमाडौं । यो वर्षको मनसुन १० जुन अगाडि नै सुरु हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सामान्यतया नेपालमा औसतमा १३ जुनमा मनसुन सुरु हुन्छ । तर, यो पटक केही अगाडि नै मनसुन नेपाल भित्रिने विभागले जनाएको छ ।

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ ।

स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणालीमा कुनै पनि समय मौसममा बदली भएर हावाहुरी तथा चट्याङसहित क्षणिक वर्षा हुन्छ । यो मौसमी प्रणालीमा लामो समय पानी पर्दैन ।

यसपटक नेपालमा विगत वर्षको तुलनामा धेरै वर्षा हुनेछ । विशेषगरी पूर्वी नेपालमा यो वर्ष भारी वर्षा हुने सम्भावना रहेको छ ।

दक्षिण एसियाको क्षेत्रीय सम्मेलन साफकोपले यो वर्ष विगत वर्षको तुलनामा धेरै वर्षा हुने त्यसमा पनि पूर्वी नेपालमा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया