रत्नपार्कमा विद्युतीय सवारीको चार्जिङ स्टेसन

काठमाडौं । विद्युतीय सवारीको प्रयोग बढाउन विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले उक्त चार्जिङ स्टेसनको आज उद्घाटन गरेकी छन्।
प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना भइरहेका छन्।


प्रतिक्रिया






