अनि वसन्तपुरमा गुञ्जियो बालेन, बालेन, बालेन…

काठमाडौं । काठमाडौंको वसन्तपुर क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको मानिन्छ । शुक्रवार इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा हेर्न पुगेका हजारौँ भक्तजन तथा दर्शकको आँखा काठमाडौँका मेयर बालेन्द्र साह ९बालेन० माथि रहेको थियो । इन्द्रजात्राको सुरुवात भएसँगै दर्शन गर्न भिआईपीको जम्बो टोलि नै पुगेको थियो ।

त्यहि अनुरुप घरका छतछतमा प्रहरीको निगरानि रहेको थियो भने कडा सुरक्षा व्यवस्था गरिएको थियो । जस अनुरुप राष्ट्रपतिको सानसहित लस्करै गाडीको ताँति वसन्तपुरमा आगमन भयो भने प्रधानमन्त्री शेरबहादुर देउवाको इन्ट्रि अझै कडा रहेको थियो ।

उनि दुवैसँग लस्करै लागेर आएका अन्य अतिथि पनि भिडलाई लच्छारपच्छार गरी सडक खालि गर्दै आएको दृश्य सामान्य देखिएको थियो । यी दृश्यसँग परिचित मानिसले बालेन साहको पनि त्यहि अनुरुपको इन्ट्रि हुने आँकलन गरिरहेका थिए । तर, जब बालेनलाई जनताले सहजै सडकमा हात मिलाउँदै नमस्कार गर्दै आएको दृश्य देखियो अनि गुञ्जिन थाल्यो, बालेन बालेन बालेन।

बालेनको सडकयात्राले गुञ्जिएको वसन्तपुरमा बालेनसँग फोटो खिच्नेदेखि हात मिलाउनेसम्मको ताँति लागेको थियो । बालेनको सुरक्षामा रहेका सुरक्षाअधिकारीलाई भिडबाट जोगाउन गा¥हो भैरहदा पनि बालेन सुरक्षाकर्मीभन्दा बाहिर गएर हात मिलाउँदै नमस्कार फर्काउँदै सदाचारिता बाँड्दै वसन्तपुर दरबार पुगे । यो गुञ्जिएको दृश्य सामान्य रुपमा भने रोकिएन । जब दरवारमाथि राष्ट्रपति तथा प्रधानमन्त्रीभन्दा अन्तिम दोस्रो लाईनमा बालेन देखिए वसन्तपुर पूर्ण रुपले बालेनमय बन्यो । त्यो हुटिङ्गकाबीच रहेका प्रधानमन्त्री तथा राष्ट्रपतिलाई जनताले बेवास्ता गरेको सहजै देखिन्थ्यो । जहाँ पटक पटक बालेनको नाममा हुटिङ्ग भइरहँदा प्रधानमन्त्रि र राष्ट्रपतिको एक पटक पनि समर्थनमा बसन्तपुर गुञ्जिएन ।

यो दृश्य अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । सामान्यतय स्वतन्त्र उम्मेदवारको रुपमा मेयर जितेका बालेनको समर्थनमा यो प्रकारको हुटिङ्ग भने सामान्य होइन । तर, यो हुटिङ्गले भने कहिल्यै शिर्षस्थ नेता तथा पार्टीलाई पछ्याउन भने सकेको देखिँदैन् ।

विश्लेषक मनोज राय भन्छन्, ‘जनताको भावनामा सरकारले कहिल्यै मलमपट्टि लगाउन सकेन्न । जस अनुरुप स्वतन्त्र तर्फ जनताको क्रेज बढ्नु स्वभाभिक हो ।’

‘जनता प्रगतिशिल हुन्छन् । जसले गर्दा उनिहरूरु विकल्पको खोजिमा हुन्छन् । जहाँ बालेनसाहको कार्यसम्पादनले विकल्प नै सहि रहेको देखिन्छ । तर, त्यतिमा रोकिन्न्’, उनले भने, ‘बालेनको कदम सहि भएपनि लोकतन्त्रको मुलभुत व्यवस्थालाई भने काउण्टर हो । अझै सरकार वा पार्टी राजनीतिज्ञयले विचार गरेन्न भने जनताको मत विभाजित हुने छ ।’

बालेनले जब काठमाडौँ महानगरको मेयरका लागि उम्मेदवारी दिन्छु भने त्यहि बेलादेखि चर्चामा आए । नभन्दै उनी मेयरमा जितेपनि । पछिल्लो समय उनको काम गर्ने तरिका कतिलाई खट्किँदै पनि छ । तर, उनको लोकप्रियताले उनलाई काम गर्नका लागि हौस्याएको देखिन्छ । बालेनको काममा हस्तेमा हौसे गर्न काठमाडौंका नागरिक पनि तयार देखिन्छ ।

प्रतिक्रिया