प्रदेश २ को उत्कृष्ट सिडियो बने ईन्द्रदेव
जनकपुरधाम । गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा प्रदेश २ को रौतहट जिल्ला प्रथम हुन सफल भएको छ । गृह मन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७÷७८ को कार्यसम्पादन मुल्यांकनको नतिजामा रौतहट पहिलोे नम्बरमा परेको हो ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडियो) ईन्द्रदेव यादव कार्यसम्पादनमा विभिन्न कठिनाईका बावजुद प्रथम हुन सफल भएको हो । सुरक्षा लगायतका कार्यसम्पादनमा प्रदेश २ मा पहिलो साथै देशभरका अन्य जिल्लाहरुलाई समेत उछिन्दै कार्यसम्पादनमा १९ औं नम्बरमा आउनु खुसीको कुरा भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।
विभिन्न कठिनाईका बावजुद पनि आफूले गरेको कार्यसम्पादनको आधारमा गृहले गरेको मुल्यांकनले आगामी दिनको कार्यसम्पादनमा थप उत्साह थपेको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र आर्थिक अनुशासनको आधारमा कार्यसम्पादन मूल्यांकन नतिजा निकालिएकोे छ ।
प्रमुख जिल्ला अधिकारी यादवले एक बर्ष अधि मात्र रौतहटको प्रजिअको रुपमा कार्यभार सम्हालेका थिए ।
प्रदेश २ को रौतहट जिल्लाको उत्कृष्ट प्रमुख जिल्ला अधिकारी धोषित भएपछि खुशी व्यक्त गर्दै अगामी दिनमा प्रदेशको उत्कृष्ट मात्र होईन देशकै उत्कृष्ट जिल्ला धोषणाको निमति सहयोग र समन्वयको लागि आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी यादव पनि प्रदेश २ सिरहाका हुन् । यस अघि पनि उनी प्रदेश २ का अन्य जिल्लाहरुका विभिन्न कार्यालयहरुमा उत्कृष्ट एवंम प्रशंसनीय कार्यहरु गर्दै आएका थिए ।
प्रशासनिक ज्ञानमा अब्बल मानिएका प्रमुख जिल्ला अधिकारी यादवलाई एक बर्ष अधि सह सचिवमा उतिर्ण हुँदै प्रदेश २ मा बढी अपराधिक गतिविधि हुने जिल्ला रौतहटकै कार्यभार सम्हाल्न जिम्मेवारी दिएर गृह मन्त्रालयले पठाएका थिए ।