धनुषा क्षेत्र नं. ३ का मतदाताको आक्रोश : जुन नेता आएपनि आश्वासन मात्र बाँड्छन्

जनकपुरधाम । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको जम्बो टोलिको घरदैलो कार्यक्रम रफ्तारमा छ । मतदाता रिझाउनेदेखि मतदाताको समस्या सुन्न घरदैलोमा रहेका उम्मेदवारहरूलाई यसपटक भने चुनौती देखिएको छ ।

निर्वाचनको प्रमुख चर्चामा रहेको धनुषा क्षेत्र नं. ३ अझै कठिन हुने आँकलन आम जनता गर्दैछन् । धनुषाको क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका उम्मेदवार जुली कुमारी महतो र सत्ता तालमेलबाठ लोसपाका अनिल कुमार झाको प्रतिस्पर्धा थप रोचक देखिने भएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको गढ मानिएको क्षेत्रमा निधिको समानुपातिक उम्मेदवारीले प्रतिस्पर्धामा बाहरिया र भितरिया मोड देखिएको छ ।

एमाले प्रतिस्पर्धी जुली महतो धनुषाकै भएपनि उनको निर्वाचन क्षेत्र फरक भएकाले भितरिया उपनाम पाएकी छन् भने रौतहटबाट धनुषा आएर उम्मेदवारी दिएका अनिल झाले बाहरिया उपनाम पाएका छन् । यी दुवै उपनामका कारण यस पटकको उम्मेदवारलाई जनता रिझाउन कठिन रहने आँकलन गरिएको छ ।

केहीदिन पूर्व जटहिमा प्रचार प्रसार तथा घरदैलोमा पुगेका दुवै उम्मेदवारलाई जनताको मुद्दाभन्दा भोटको राजनीति खोजेको आरोप स्थानीय मतदाताको छ ।

रवि सदा नगराईन नगरपालिका वडा २ मा बस्छन् । उनी उम्मेदवारसँग ठूलो अपेक्षा राख्दैन्न तर सामान्य रूपमा मुसहर समुदायमा रहेको शिक्षा, स्वास्थ्य तथा युवालाई नागरिकता, रोजगारीमा अवसर दिनुपर्नेमा जोड दिन्छन् ।

’हामीलाई मतको भकारी सम्झिने तर मतपछि लाचार बनाउनेलाई मत दिन्नौँ,’ सदा भन्छन्, ’समुदायको दलान बनाईदिन्छु भनेका थिए । अहिले न दलान न अधिकार, न नागरिकता सबैबाट अपहेलित भएका छौँ ।’

जटहिको नगराईन नगरपालिका वडा २ मा पर्ने मुसहर बस्तीमा ७० घर छन् । जसमा १५० बढि नागरिक छन् । उनिहरू मध्ये ७० जनाको मतदाता नामावलीमा नाम छ । तर, उनिहरूसँगको प्रत्यक्ष छलफल तथा अन्तरक्रियामा भने उम्मेदवारहरूको आकाङ्क्षा देखिन्न ।

मुसहर समुदायका अधिकांश घर माटाको छन् । घरको छानो भत्किने अवस्थामा छ । छानो छाउने अवस्था छैन् ।

२०७४ को निर्वाचनमा राजेन्द्र महतोलाई जिताएर पठायौं। महतोले घरको छानोमा चद्रा दिने, रोजगारीको अवसर प्रदान गर्ने बताएको सम्झिदै रामकली सदा ।

रामकलि सदाको १ धुर जमिन छ । श्रीमान कोदालो तथा लेवरको काम गर्छन् तर घर विरक्त अवस्थामा छ । अव भत्किएला तव भत्किएला छ । त्यस झुपडीको आडमा रामकली सदा उनको श्रीमानसहित ४ बच्चा बस्छन् । तर, मत माग्ने उम्मेदवारले पक्की घर बनाईदिने आश्वासन दिएको पनि पाँच साल बितिसक्यो । उनको अवस्थामा केही सुधार भएको छैन ।

’०७४ मा जिताएको नेताको मुख हेर्न पनि पाइएको छैन् ।‌ उनि भन्छिन्, ’जुन नेता आएपनि आश्वासन बाँड्ने काम गर्छन् । गरिबको मुद्दा हेर्ने कोही छैन् ।’

प्रतिक्रिया