केन्द्रिय सत्ताले मधेशीलाई कहिले आफ्नो ठानेन् : लोसपा अध्यक्ष ठाकुर[भिडियो अन्तरवार्ता]

जनकपुरधाम । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा लागेको लोकतान्त्रिक समाजवादी पार्टीलाई आफ्नो साख जोगाउन हम्मे हम्मे परेको देखिन्छ। तत्कालीन राष्ट्रिय जनता पार्टीबाट फुटेर छुट्टै दल दर्ता गरेको लोसपालाई राजनीतिक एजेण्डा स्थापित गर्न चुनौती छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा पनि कठिन भएको लोसपाले सत्ता गठबन्धनसंग चुनावी तालमेल गरेको छ । सत्तामा रहँदा नागरिकता विधेयक बिर्सने तथा सत्ता बाहिर त्यही मुद्दा उठाइ राख्ने आरोप समेत लगाउछन् विश्लेषकहरू ।

जसलाई लोसपा अध्यक्ष महन्थ ठाकुर भन्छन्, ’सत्ताले मधेशीलाई कहिले आफ्नो भनेन बरु यहाँको सम्पदा र विभुति चै आफ्नो भन्छन् ।’ उनले केन्द्रिय सत्ताको मानसिकतामा परिवर्तन नआए अवस्था भयावह हुने समेत बताए । उनले भने,’कानुन बनाएर नागरिकता प्रदान गर्न सत्ता आनाकानी गरिरहेको छ । हाम्रो संघर्ष पनि जारी छ ।’

त्यस्तै यसपटकको चुनावी रणनीति र जनताको सवालमा लोसपाको चुनावी प्रतिष्पर्धामा कस्तो छ ? कसरि अगाडि बढिरहेको छ ? चुनावी प्रतिष्पर्धामा देखिएका दृश्यमा आधारीत चुनावी मिरर श्रृंखलामा नागरिक मिररले लोसपा अध्यक्ष महन्थ ठाकुरसंग गरेको संक्षिप्त कुराकानी हेर्नुहोस् ।

प्रतिक्रिया