काँग्रेसका यी तीन अनुहार : थापा प्रधानमन्त्री पदको हस्तक्षेपमा, शर्मा र पौडेलको संसदमा डेब्यू

काठमाडाैँ । प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना भइरहेको छ । प्रधानमन्त्रीमा हस्तक्षेप गर्न अठोटसहित काठमाडौँ क्षेत्र नं. ४ बाट गगन थापाले जित हासिल गरिसकेका छन् भने अर्का दुई चर्चित उम्मेदवार पहिलो पटक संसदमा डेब्युु गर्न तयार अवस्थामा छन् । ती दुई हुन्, झापा क्षेत्र नं. १ बाट विश्व प्रकाश शर्मा र काठमाडौँ क्षेत्र नं. ५ बाट प्रदिप पौडेल ।
शर्मा र पौडेलले नेपाली काँग्रेसको राजनीतिक विरासत मात्र जोगाएका छैनन कि उनिहरूको जितले काँग्रेसमा युवा पङ्क्ति तथा नयाँ अनुहारको निराश्यतालाई चिरेको देखिन्छ । त्यस्तै संसदमा बोलिको कारण चर्चामा आईरहने गगन थापाको पनि प्रधानमन्त्रीमा हस्तक्षेप साकार होला या नहोला अब हुने संसदीय दलको निर्वाचनले बताउँला । तर, अर्का तिर सडकमा चर्का भाषण तथा सत्तालाई जवाफदेहि बनाउन लागेका शर्मा र पौडेलको भूमिका के होला ? यी अहम् प्रश्न छन् ।
थापाको प्रधानमन्त्री हस्तक्षेप, नयाँ पुस्ताको होला साथ ?
गगन थापाले निर्वाचन होमिनु अगाडि प्रधानमन्त्री बन्ने र बुडाखाडालाई ओभरटेक गर्नपर्ने एक अन्तवार्तामा बताएका थिए । त्यसैले थापाले चुनावमा आफु जिते मात्र प्रधानमन्त्री बन्न सक्ने भनि मत समेत मागेका थिए । अर्का तिर विश्व प्रकाश शर्मा र प्रदिप पौडेललाई जिताए काँग्रेसमा नयाँ समिकरणको रोडम्याप बन्ने प्रचारप्रसार भिडियाेमा बाेलेका छन् ।
थापाले भने अनुरुप नै हेर्ने हो भने शर्मा र पौडेलको पहिलो संसदीय डेब्यू राेचक हुदैछ । काँग्रेसको पुस्ताका हिसावले तेस्रो पुस्ता रहेका यि तिनले पार्टीमा रहेको गुट र उपगुट भन्दा माथि गएर गगनलाई संसदीय दलको नेता बनाउँछन् ? यो त प्रतिक्षाको विषय हो । तर, अर्का तर्फ देउवापछि काँग्रेसमा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, काेइराला लगायतको साथ र समर्थन नपाए थापाको प्रधानमन्त्री बन्ने आकाङ्क्षा अनिश्चय तिर ढकेलिन्छ । त्यस्तै शर्माले सार्वजनीक कार्यक्रममै समर्थन गरे पनि पौडेल भने खुलेका छैनन् । जसले कांग्रेसको राजनीतिक अंकगणीतमा यस पटक रोचक भिडन्त हुने देखिएको छ ।
शर्मा र पौडेलको संसद डेब्यु…
विश्व प्रकाश शर्मा र प्रदिप पौडेलको संसद डेब्यूको प्रतिक्षामा छन् जनता । पार्टीमा विश्व र प्रदिप सदमा गगन भन्ने नारा नसुनिएका होइनन् । तर, यस पटकको चुनावी ग्राफले भने तिनै भाईलाई संसद पुर्याएको छ । जसमा थापाको प्रधानमन्त्री पदको हस्तक्षेप हुन्छ भने शर्मा र पौडेलको संसद अभ्यास र तार्किक शैलि देख्ने अपेक्षा जनमानसमा छ ।
त्यस्तै शर्माबारे धेरैलाई थाहा नहुन सक्छ, शर्मा निकै सङ्घर्षशील नेतामा गनिन्छन् । लेखक डा. नवराज लम्सालको शब्दमा भन्ने हो भने, ‘विश्वप्रकाश खाल्डोमा उभिएर पनि अग्लो देखिने मान्छे’ हुो । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरुगरेका शर्माले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा हार व्यर्होन परेको थियो । जसले गर्दा उनको राजनीतिक यात्रा सडक र पार्टी सङ्र्घषमै रह्यो । तर, यस पटक भने संसदमा प्रवेश गर्दै छन् । उनका ओजनदार र कठोर प्रश्न क कसलाई उठ्छन् वा उनि आफैलाई पर्छ, त्यो संसदमा देखिने छ । त्यस्तै प्रश्न प्रदिप पौडेललाई पनि छ ।
पौडेल यस अधि ०७४ मा तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका थिए । उनले माओवादी नेतृ आशा कोइरालासँग ५ भोटको अन्तरले पराजित हुनुपरेको थियो । तर, यस पटक इश्वर पोख्रेललाई हराउँदै उनि संसदमा छिर्दै छन् । जहाँ उनको प्रभावशालि व्यक्तित्व संसदमा कस्तो हुन्छ, हेर्न बाँकी छ । पार्टी र सडकका अवाज र जनताका मूद्दामा बोलेका पौडेलले युवाको मुद्दा र पार्टी राजनीतिमा युवाको दृष्टीकोण फेर्न पर्ने चुनौती सामना गर्न पर्ने हुन्छ ।






