मेरो सरकार नि चटक गर्छ

मेरो सरकार नि चटक गर्छ
थोत्रा विमान उडान भर्छ
दुर्घटनामा बिदा दिन्छ
विमानको स्वास्थ्यमा आँखा चिम्लन्छ
अनि त बेला बेला
दुर्घटना भैरहन्छ ओल्बाको यति
हिसाब हुँदैन जनधनको क्षती
पुछिदैन आफन्तको आँशु
जनताको हिसाब किन राख्नु
कमिसन तिर पो ताक्नु
मेरो सरकार नि चटक गर्छ
थोत्रा जहाज उडन दिन्छ
गोहीको आँशु रुन्छ
दुर्घटनामा बिदा दिन्छ
मेरो सरकार नि चटक गर्छ
समस्याको जडमा जाँदैन
जनताको मानो खाँदैन
कमिसनमा पल्केको छ
व्यापारीसँग सल्केको छ
त्यसैले त, दुर्घटना भैरहन्छ
मेरो सरकार नि चटक गर्छ
खै के के गर्छ के के गर्छ
पशुपतिमा सिद्राको व्यापार गर्छ
समस्याको जडमा जाँदैन
जनताको मानो खाँदैन
मेरो सरकार नि चटक गर्छ
काललाई आफै पोस्छ
थोत्रा विमानबाट कमिशन घिच्छ
आयोग बनाउँछ
आयोग चल्दै गर्छ
आफु रफुचक्कर हुन्छ
फेरी अर्को दुर्घटना हुन्छ
अर्को आयोग बन्छ
मेरो सरकार नि चटक गर्छ ।
समीर जोशी
वासिंटन डिसी, अमोरिका






