धनुषाको सहिदनगरमा कोरोना खोप बेचेको आरोपमा स्वाथ्यकर्मी पक्राउ


जनकपुरधाम । धनुषामा कोरोनाविरुद्धको खोप विक्रि गरेको आरोपमा स्वास्थ्यकर्मी पनि पक्राउ परेको छ । विहिबार सहिद नगरपालिका ३ यदुकुहा प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी देवसरन यादव पक्राउ परेको हो । नगरपालिकाले आज श्रीराम मेडिकलमा अनुगमन गरेको थियो ।

अनुगमन गर्दा नीजि मेडिकलमा सरकारले पठाएको कोरोनाविरुद्धको खोप फेला परेको थियो । त्यती बेला मेकिलका सञ्चालक कमलेश मण्डललाई पक्राउ गरी पसल शिल गरिएको थियो । मेडिकल सञ्चालकले दिएको ब्यानको अधारमा स्वास्थय केन्द्रमा कार्यरत्त अहेब देवसरन यादव पनि पक्राउ परेको छ ।

उनको पसलमा कोरोना विरुद्धको भ्याक्सिन ६ थान फेला परेको छ । भेरोसेल ४ थान, जोन्सन एण्ड जोन्सन १ थान र स्ट्राजेनिका १ थान गरि जम्मा ६ थान कोभिड विरुद्धको भ्याक्सिन फेला परेको थियो ।

प्रतिक्रिया
नागरिक मिरर