जनकपुरमा विधुत प्राधिकरणको बदमासी : अघोषित रुपमा दैनिक ५ घण्टासम्म काट्छ विधुत

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत धनुषाको विभिन्न स्थानमा विद्युत (लाईन्) आउने जाने गरेको छ । एकैदिनमा ५ घण्टासम्म पटक पटक गरी जानकारी विना विद्युत काटिँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।
आज मात्रै उपमहानगरपालिका भित्र विहान ७ बजे काटिएको लाईन ३० मिनेट आएन भने १० बजे काटिएको लाईन ४५ मिनेटपछि आएको थियो । त्यस्तै ११:५० मा काटिएको लाईन ३:२० बजे आएको थियो । यसरी दिनभरि नै अघोषित रुपमा विद्युत आपुर्ति रोकिदा स्थानीय जनता आक्रोशित भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा ४ स्थायी रजनिस यादव भन्छन्, ‘जानकारी गराएर लाईन काटेपनि त्यतिन्जेलको लागि व्यवस्था गर्थियौँ । तर, एक छिन आउने फेटि काटिने हुन्छ । दिक्क लाग्छ ।’
यादवजस्तै राराव क्याम्पसमा अध्ययनरत् छात्रा सोनाली साहले अघोषित लोडसेडिङ भएकाले पठनपाठनमा समस्या आएको तथा गर्मीयामको चर्को र तातो रापमा टर्चको माध्यमबाट पढ्न नसकेको बताईन् । ‘सरकारले लोडसेडिङ मुक्त भने पनि जनतालाई झारो टार्ने काम भएको छ ।’ उनले भनिन्,’ एका तिर टर्च बाल्नु छ अर्का तिर मरिहत्ते गर्मीले पानि जस्तै पसिना आउँछ । पढ्नु कि के गर्नू !’ साहले स्थानीय सरकारले विद्यूत प्राधिकरणलाई सचेत गराए यो समस्या समाधान हुन सक्ने अपेक्षा राखेकी छिन् ।
उनले जनकपुरधाम उपमहानगरपालिकाले समन्वय गरे समस्या समाधान हुनसक्ने र पढाई सहज हुनेसमेत जिकिर गरिन् । त्यस्तै विद्युत प्राधिकरण जनकपुरधाम शाखाका वितरण केन्द्र प्रमुख लखन लाल मल्लिक भन्छन्,’ गर्मीले गर्दा लोड बढेको छ । लोड थाम्न नसक्दा समस्या आएको हो । बढी मात्रामा एसी र कुलर चलेकोले टान्सफ्रमरले नधानेकाले समस्या आएको छ ।’
उनका अनुसार थूप्रै स्थानमा पुराना तथा तार समेत पुरानो भएकोले ओभर कोषका कारण विद्यूत सर्ट भएकाले आपूर्तिमा असहज भएको बताए । उनले आवश्यक रुपमा मात्र विद्युतीय सामग्रीको प्रयोग गर्नसमेत आग्रह गरेका छन् । विग्रेको तथा विद्यूत आपुर्तिमासमस्या आउना साथ प्राधिकरणको टोलि पुगी मर्मत सम्भार गरिरहेको मल्लिकले बताए ।
यद्दपी विद्युत सेवालाई प्रभावकारी तथा व्यवस्थित गर्न भने नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रको कुनै दिर्घकालिन योजना भने दिखिदैन् ।






