ललिता निवास प्रकरण : पक्राउ पर्ने डरले ‘स्टेअर्डर’ लिदैँ (नामावलीसहित)

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा प्रकरणमा पक्राउ पर्ने डरले १७ जनाले सर्वोच्च अदालतबाट ‘स्टेअर्डर’ लिएका छन् । उनीहरूले २०७९ साउनमै सर्वोच्च अदालतबाट ‘स्टेअर्डर’ लिएका हुन् ।
मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान कपाली र हूपेन्द्रमणि केसी (निरौला) लाई पक्राउ गरेको थियो । तर उनीहरू केही घण्टामै रिहा भए ।
काे-काे हुन् स्टेअर्डर लिने :
- ६१ वर्षीय टिकाराम घिमिरे,
- ६० वर्षीय तेजराज पाण्डे,
- मुख्य विचौलिया रामप्रसाद सुवेदीका छोरा शंकरप्रसाद,
- ६२ वर्षीय मोहम्मद सविर हुसेन,
- ५२ वर्षीय बलिराम प्रसाद तेली,
- ६६ वर्षीय दिनेशप्रसाद शर्मा,
- ६४ वर्षीय लक्ष्मीनारायण उप्रेती,
- ५७ वर्षीय जयप्रसाद रेग्मी,
- ७२ वर्षीय हरिबोल आचार्य
- ७२ वर्षीय टिकाबहादुर बीसी,
- ५५ वर्षीय श्रीहरि पुडासैनी,
- ५२ वर्षीय अङ्गुरकुमार सिग्देल,
- ६१ वर्षीय टंकनाथ पौडेल,
- ६२ वर्षीय केदारप्रसाद श्रेष्ठ
प्रतिक्रिया






