मधेश प्रदेशमा २ मन्त्री थपिए, सुरिता साह मुख्यमन्त्री कार्यालयमा काजमा थन्काइए

जनकपुरधाम। मधेश प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले दुई मन्त्री नियुक्त गरेसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएका छन् ।
काँग्रेसबाट मोहमद समिम गृह, सञ्चार तथा कानुन मन्त्री र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्रीहरु प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
मधेश सरकारले आज पाचौं पटक मन्त्री परिषद विस्तार गरेको हो । तर भने सबै मन्त्रीले जिम्मेवारी पाईसकेको छैन्। यसअघि जसपाबाट मन्त्री बनी विना विभागीयको जिम्मेवारीमा रहेकी सुरिता कुमारी साहलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया






