हरवाचरवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन सम्पन्न

सर्लाही । जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । बिहिबार ईश्वरपुर सर्लाही मुक्त हरवाचरवाको न्यायिक पु्नःस्र्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन ईश्वरपुरमा सम्पन्न भएको छ ।

राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष एवं उच्च स्तरीय भूमि आयोगका पुर्वसदस्य गणेश बिश्वकर्मा प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो । प्रमुख अतिथि विश्वकर्माले नेपाल सरकारद्वारा २०७९ श्रावण २ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउबाद्वारा गरिएको हरवाचरवा मुक्तिको घोषणालाई कार्यान्वयन गरि पुनःस्थापनाको सार्थक प्याकेज घोषणा गर्नुपर्ने कुरामा जोड दिए । उनले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत उल्लेख भएको हरवाचरवा पुनःस्र्थापनाका लागी तत्काल तथ्यांक संकलन गरि परिचयपत्र वितरण गरिनुपर्ने बताए । उनले राष्ट्रिय भूमि आयोग समक्ष मुक्त घोषित हरवाचरवाको लागि कम्तीमा १० कठ्ठा जमीन दिने गरी पहिचान गर्न र हरवाचरवा पुनस्र्थापनाको लागि प्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय समक्ष अधिकार सम्पन्न हरवाचरवा पुनस्र्थापना समिति गठन गरिनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमका बिशीष्ट अतिथी एवं चन्द्रनगर गाऊँपालिकाका अध्यक्ष राजकुमार महतोले गाऊँपालिकाले कार्यबिधी निर्माण गरि मुक्त हरवाचरवाको पहिचान, प्रमाणीकरण र परिचयपत्र बितरणका मार्फत उनीहरुको पुनस्र्थापना गरिनेपर्ने बताए । अध्यक्ष महतालेले यसका लागि प्रदेश र संघीय सरकारसँग पनि समन्वय गरिनेमा जोड दिए ।

कार्यक्रमको उदघाटन सत्रमा प्रतिनिधीसभाका पुर्व सदस्य प्रमोद शाह, द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव राम, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका सहसचिव रामदयाल सदा, जनता समाजवादी पार्टीका नेता रामचन्द्र महतो, दलित नेता भगलु माँझी, रामकेवल माँझी, वडाअध्यक्ष दर्शन सिंह लगायतले शुभकामना ब्यक्त गरेके थियो । जिल्ला हरवाचरवा अधिकार मञ्चका अध्यक्ष रामदयाल माँझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा जिल्ला एक्टीभिष्ट नबिना माँझीले स्वागत गरेको थियो ।

सम्मेलनले रामदयाल माँझीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाही गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस सोनी माँझी, देवेन्द्र राम, भगलु माँझी र सितादेवी राम चयन भएको छ । सदस्यहरुमा रामबाबु पाशवान, रिनादेवी माँझी, रजरनियदेवी माँझी, सत्या माँझी, सतनी गिरी, रिता माँझी र मिरादेवी माँझी रहेको छ ।

प्रतिक्रिया