मगर दिवसको अवसरका हरिवनमा बृहत साँस्कृतिक कार्यक्रम हुने

सर्लाही । सर्लाहीको हरिवनमा ४२औं मगर दिवसको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
‘मगर एकता आजको आवश्यकता’ भन्ने मुल नाराका साथ फागुन १५ गते ४२औं मगर दिवसको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको नेपाल मगर युवा संघ सर्लाहीले आईतबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
फागुन १५ गते ४२ औं मगर दिवस पर्ने र सोही दिन हरिवन नगरपालिका ११ स्थित सुर्ती विकास मैदानमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विशेष प्रस्तुति रहने नेपाल मगर युवा संघ सर्लाहीका अध्यक्ष कृष्ण पुलामी(कृष)ले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय कलाकारहरु ज्योति मगर, डान्सर नेसन सुस्लिङ मगर र लोक गायिका रचना राना मगर लगायतको विशेष प्रस्तुति रहनेछ ।
प्रतिक्रिया






