सहिदनगरः करारका कर्मचारी नै ठेकेदार, मेयरको आडमा ‘एस्टिमेट’ विपरीत छत ढलान

जनकपुरधाम । गत चैत्त ३० गते धनुषाको सहिदनगर नगरपालिका–५ सिमरापट्टी पुल छेउमा मन्दिर निर्माण भइरहेको थियो । केहि राजमिस्त्री गमबुट लगाएर ‘छत ढलान गर्दा लगाइने जुत्ता’ निर्माणाधीन संरचानामाथि घुमफिर गरिरहेका थिए भने केहि मजदुर सिमेन्ट,बालुवा र गिट्टीको मिक्सर बनाउने सुरसार गरिरहेका थिए । र, नगरपालिकामा करार सेवामा कार्यरत रोजगार सहायक नागेश्वर कुमार यादवले पानीको जोरजाम गरिरहेका थिए । त्यहाँ पुल छेउको अर्कोपट्टी रहेको होटेलको मोटरबाट पानी ल्याउन पाइप जोड्ने काम गर्दै थिए, नागेश्वर । नगरपालिकामा कार्यरत कर्मचारीले पाइप जोड्नुको कारण हो । उनले आफैँ त्यो योजना ठेक्कामा लिएका छन् ।

ठेकेदार नागेश्वरले छत ढलानका लागि सबै व्यवस्था मिलाइसकेका थिए । मजदुरहरूका लागि माछा भात खाना त्यहाँ नजिकै होटेलमै खानाको अर्डर दिइएको थियो ।

छत ढलान गर्ने लाग्दा नगरपालिकाका प्राविधिक शाखा दुईजना कर्मचारी आइपुगे । उनीहरू थिए, इन्जिनियर श्याम सुन्दर यादव र सव–ओभरसियर लतिक कुमार यादव ।

उनीहरू आउने बित्तकै ठेकेदारलाई बोलाए । अनि होटेलमा बसेर खानाको व्यवस्था गरिरहेका नागेश्वर त्यहाँ पुगे । उनीहरू सबैजना निर्माणाधीन संरचनाको अवलोकनका लागि पुगे ।

इन्जिनियर श्यामले ‘एस्टिमेट’ मा डबल जाली लगाउनुपर्ने रहेछ । अनि तपाईं सिंगल जालीमा ढलान गरिरहनु भएको छ ? उनले ठेकेदार नागेश्वरसँग प्रश्न गरे । नागेश्वर जवाफबिहीन भए ।

इन्जिनियर श्यामले तत्कालका लागि काम रोक्नुस ‘स्टिमेट’ अनुसार डबल जाली राखेर मात्रै छत ढलान गर्न निर्देशन दिए । ठेकेदार नागेश्वरले हुन्छ अब डबल जाली लगाएर मात्रै छत ढलान गर्ने भनेपछि इन्जिनियर र ओभरसियर अर्को सम्पन योजनाको नापी गर्न वडा नम्बर ४ महुलिया तर्फ लागे ।

ठेकेदारले एकछिन मिस्त्री मजदुरसँग कुराकानी गरे । त्यसपछि उनीहरू जस्तो छ त्यस्तै जालीमा ढलान गर्ने निचोडमा पुगे । नगर प्रमुखको कार्यकर्ता भएका कारण उनी प्रविधिकले तयार पारेको एस्टिमेटको खिल्ली उडाउँदै मापदण्ड विपरीत छत ढलान गरे । यस्ले प्रष्ट हुन्छ मेयर निकट ठेकेदारले शक्तिको आडमा स्थानीय तहमा कसरी गुणस्तरहीन कार्य गरिरहेका छन् ।

‘वडा नम्बर ५ को सिमरापट्टीको पुल नजिक भूइँया मन्दिरको निर्माण कार्य’ योजनाको नाम राखेर नगरपालिकाले १० लाख बजेट छुट्टयाएको छ । योजना नगरस्तरीय भएकाले नगर प्रमुख दिनेश प्रसाद यादवले आफ्ना कार्यकर्ता नागेश्वरलाई दिलाएका छन् ।

तपाईंले ‘एस्टिमेट’ अनुसार मात्रै ढलान गर्न भन्नुभयो तर ठेकेदारले वेवास्ता गर्दै ढलान ग¥यो नि ? नागरिक मिररको प्रश्नमा इन्जिनिय यादवले भने‘ मैले काम रोक्न भनेको थिइन्, एस्टिमेट अनुसार दुरी मेन्टन गरेर मात्रै ढलान गर्न भनेका थियौं । तर, कसरी ढलान गरेको छ त्यो कुरा ठेकेदारसँग सोध्नुस । एस्टिमेट अनुसार काम नभएको भए पेमेन्ट रोकिन्छ वा बजेट काटिन्छ ।’

ठेकेदारहरूले चिटिङ्ग गर्न खोजिरहन्छन् । तर, हामीले त्यस्तो एस्टिमेट विपरीत काम हुन नदिएको इन्जिनियर यादव बताउँछन् । उनले भने, ‘छत सिंगल जालीमा पनि ढलान गर्न सकिन्छ । तर, त्यसको दुरी मेन्टन गरिनुपर्छ । डण्डी राख्नुपर्छ । त्यहीँ सुधार गरेरे मात्रै अगाडी बढाउन भनेका थियौं । अब हामी साइटमा पुगेपछि सबै कुरा थाहा हुन्छ ।’

नागरिक मिररकर्मीले ढलानअघि सटरिङ गरेको अवस्थामा खिचेको तस्विर अर्को कार्यलयका इन्यिनियरलाई देखाउँदा उनले यो नम्र्स विपरीत रहेको बताए । ८ एमएमको फलामले यसरी ढलान गर्दा गुणस्तरी नहुने उनको भनाइ छ ।

यसमा के मिलेको छैन जिज्ञामा उनले भने, ’यसमा डबल जाली छैन । जाली सिंगल छ, त्यसमा पनि स्पेश बढी देखिन्छ । फलामको मोटाइ कम भएकाले डबल जाली लगाउनु पथ्र्यो की स्पेश घटाउनु पथ्र्यो त्यो देखिएन ।’

कार्यलय छाडेर ठेक्कापट्टामा करारका कर्मचारी

गत चैत्त ३० गते सार्वजनिक विदा थिएन । नगरपालिकाको कार्यालय खुल्ला रहेको थियो । तर,‌ प्रधानमन्त्री रोजगार शाखाका रोजगार सहायक नागेश्वर कुमार यादव कार्यालयमा थिएनन् । उनी कार्यलय छाडेर दिनभर आफूले ठेक्का हात पारेको साइटमै रहे । उनी नगर प्रमखुकै कार्यकर्ता भएकाले नागरपालिकाको करारमा जागिर पाएका छन् । उनी करारका कर्मचारी भए पनि प्रत्येक वर्ष उनी विकास निर्माण र संघसंस्थाको काम गर्दै आएका छन् ।

याे पनि : – निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर करार कर्मचारीका नाममा कार्याकर्ता भर्ना गर्ने दाउमा मेयर यादव

याे पनि : – सहिदनगर नगरपालिका : मेयर यादवको सालोको एक छोरा नगरपालिकाको ठेकेदार, अर्का जागिरेदार

प्रतिक्रिया