चित्रकार यादवको मिथिला चित्रकला

काठमाडौँ । चित्रकार हरेराम यादवले मिथिला चित्रकलालाई केन्द्रमा राखेर एकल चित्रकला प्रदर्शनी गरेको छ ।

बबरमहलस्थित काठमाडौँ आर्ट ग्यालरीमा उहाँले ‘सिराहादेखि काठमाडौँ’ शीर्षकमा चित्रकला प्रर्दशनी गरेको हो ।

हिमालयन लाइटआर्ट अवार्डको अवार्ड प्राप्त गरेरपछि उनले यसै कार्यक्रमअन्तर्गत बनाएका चित्र प्रदर्शनी गरेको हो । बिहीबार हिमालयनआर्ट अवार्डका निर्देशक जस्टिन झाओ र चित्रकार एससी सुमनले संयुक्त रुपमा उक्त चित्र प्रदर्शनी उद्घाटन गर्नुभएको थियो । कला प्रदर्शनी यही जेठ २६ सम्म चल्नेछ ।

हिमालयन लाइट आर्ट अवार्ड सन्, २०१९ देखि सुरु भएको निर्देशक जस्टिन झाओले जानकारी दिए। उनका अनुसार अहिले सम्म उक्त अवार्ड कार्यक्रमबाट पृथ्वी श्रेष्ठ, मान गुरुङ, लभकान्त चौधरी, जगदिश मोक्तान, प्रियांकासिंह महर्जन, सुवास तामाङ, सुरेश बस्नेत, रिती महर्जनले प्राप्त गरिसकेको छ ।

चित्रकार यादवले-आफ्ना चित्र कृतिहरूमा छठ पर्व, गोवर्धन पूजा, सामा–चकेवा, झिझिया नृत्य आदि जस्ता लोकदेवता तथा सांस्कृतिक परम्परासँग सम्बन्धित विषयवस्तुलाई चित्रण गरेको बताए।

मिथिला कलाको इतिहास सन्, १९६० देखि सुरु भएको हो । भित्तेचित्रबाट सुरु भएको मिथिला कला कागज र क्यानभाससम्म विकसित हुँदै आएको छ ।

प्रतिक्रिया