मोटरसाईकल दुर्घटनामा लालबन्दी नगरपालिकाका सब–ईन्जिनियर यादवको मृत्यु

जनकपुरधाम । सर्लाही लालबन्दी नगरपालिकाका सब–ईन्जिनियर रोशन यादवको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।
आफैले चलाएको सरकारी मोटरसाईकल दुर्घटना हुँदा लालबन्दीबाट जनकपुरतर्फ गईरहेको अवस्थामा शुक्रबार राती सबा १० बजे यादव चढेको ना. १ ब २५५६ नम्बरको मोटरसाईकल ईश्वरपुर नपा–१२ स्थित बाँके जंगलखण्डमा अनियन्त्रित भई आफै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । गम्भिर घाईते यादवको सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषा जिल्लाको धनुषाधाम नपा–३ निवासी ३० वर्षीय यादव लालबन्दी स्थित डेराबाट राती ९ बजेतिर घरतर्फ हिँडेका थिए । राती परिवारसँग भिडियो कल गर्ने वितिकै उनी घरतर्फ हिँडेको भन्ने जानकारी आएकाले परिवारका सदस्यसँग विस्तृत जानकारी लिने लगायत अनुसन्धानको काम भईरहेको प्रहरीले जनाएको छ ।






