सितलहर बढेपछि क्षिरेश्वरनाथ नगरपालिकाले गरे दाउरा वितरण

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले चिसो बढेको भन्दै दाउरा वितरण गरेको छ । बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गरेको हो ।
शितलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख सुखदेव यादवले जनाएका छन् । उनले नगरपालिकाको १ देखि १० सम्मका वडामा दैनिक ज्यालामजदुरी गरि खाने टोलहरुलाई माध्यनजर गर्दै आगो बाल्दा टिकाउ हुने धेरै बेरसम्म आगो हुने रुखको जारा वितरण गरेको जनाएको छ ।
तराई मधेशमा जोडायाममा शितलहरको बेला गरिबविपन्नहरुको लागि शितलहर विपद् जस्तै हुने भएको हुँदा सो को मध्यनजर गरी नगरमा दाउँरा वितरण गरिएको नगर प्रमुख यादवले बताए ।
उनले नगरको ग्रामिण भेग बाहेक चिसो मौषममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई पनि असर परेको र बजारमा आउने यात्रुहरुलाई पनि असर परेको हुँदा बजार क्षेत्रमा पनि दाउरा वितरण गरेको बताए ।
नगर प्रमुख यादवले चिसो समयभरी नै यसैगरी नगरले दाउरा वितरण गर्ने बताए ।






