किन कुटिइन पत्रकार महासङ्घ धनुषाकी अध्यक्ष झा ?

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाकी अध्यक्ष मनिका झाले महासङ्घको नयाँ सदस्यता र नविकरणमा एकलौटी गर्न थालेकाे भन्दै उनी माथि हातपात भएकाे छ । साथै याे विषयलाई लिएर सङ्घभित्र विवाद उत्पन्न भएको छ।
पत्रकार सञ्जीव झाले बताए अनुरुप झाले शनिवार जनकपुरको एक होटेलमा आयोजना गरिएको पदाधिकारी बैठकमा सदस्यता वितरण तथा नविकरणको लागि एकलौटी गर्न खोजेपछि विवाद उत्पन्न भएको हो ।
अध्यक्ष झाले आफूमाथी हातपात तथा कुटपिट समेत भएको आरोप लगाएका छिन् ।
अध्यक्ष झाले आफ्ना पार्टी निकट पत्रकार, सङ्गठन निकट पत्रकारहरूलाई मात्र नयाँ सदस्यता दिने र नविकरण गरी अन्य दल निकट पत्रकारहरूलाई सदस्यता नदिन खोजेपछि विवाद भएको सोही बैठकमा सहभागी एक पत्रकारले नागरिक मिररलाई बताए ।
महासङ्घकै पत्रकार झाका अनुसार, उनले आफू निकट पत्रकारहरूलाई भोँट बैँक बनाउन सदस्यता दिने तर, अन्य पदाधिकारी नजिकका पत्रकारहरूलाई सदस्यता दिन आनाकानी गरेपछि विवाद मात्र भएको बताए । स्राेतका अनुसार अध्यक्ष झालाई कसैले कुटपिट गरेको छैन ।
‘झाजीले नाटक मात्र गरेकी हुन् । उनीमाथि कुनै पनि हातपात तथा दुर्व्यवहार भएकाे छैन्, स्राेतले भने, ‘ उनलाई कसले कुट्छ र सामान्य विवाद चैँ भएको हो । तर, कसैले कुटपिट भने गरेको होईन । उनले नाटक गरेकी हुन ।यो उनको नाटक मात्र हाे । अरु केही हाेइन् ।’
पत्रकार झाले, पत्रकार महासङ्घ धनुषा शाखाको आफ्नै भवन, आफ्नै मिटिँग हल हुँदाहुँदै होटलमा कार्यक्रम किन गरेको भन्नेमा समेत विवाद भएको छ ।
यस सन्दर्भमा महासङ्घकै एक पदाधिकारीले उनलाई अप्पन टिभीका क्यामेराम्यान संजय साहले हात समातेर तानिदिएको जानकारी दिए । बैठकको मान्यूट खोसाखोस हुन थालेपछि अध्यक्ष झाले समातेको मान्यूट साहले खोस्न खोजेपछि हातमा चोट लागेको बताए । उनको हातमा अधिक दुःखाई भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरको ईमरजेन्सी वार्डमा भर्ना गरिएको बताईएको छ ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले समेत सामान्य विवाद भएको तर, घाईते नै भएको भन्ने कुरा कुनै जानकारी नरहेको प्रष्टयाएको छ ।






