विश्वकप छनोट : सन्दीपले वेस्ट इन्डिजविरुद्ध तेस्रो विकेट लिए

काठमाडाैँ– जिम्बाब्बेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।
हरारे स्पोर्ट्स क्लबमा नेपालले वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएको हो । वेस्ट इन्डिजले १५.३ ओभरमा ५५ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाएको छ ।
नेपाललाई सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । सन्दीपले ब्रान्डन किङलाई ३२ रनमा आउट गराए ।
यसअघि करण केसी र गुल्सन झाले विकेट लिएका थिए । करण केसीले कायल मेयर्सलाई एक रनमा आउट गराउँदा गुल्सनले जोनसन चार्ल्सलाई शून्य रनमै आउट गराएका थिए ।
प्रतिक्रिया






