नेपाल सुपर लिग : आज र भोलिका लागि तय भएका खेलको तालिका फेरियो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज र भोलिका लागि तय भएका खेलहरूको तालिका परिवर्तन भएको छ। दशरथ रङ्गशालामा आज र भोलिका लागि तय भएका खेलहरू एक दिन पर धकेलिएका छन्।
लिग व्यवस्थापन समितिले सूचना जारी गर्दै दशरथ रङ्गशालामा भोलि त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहको आयोजना गरिने भएकाले आज र भोलिका लागि तय भएका खेलहरूको तालिका परिवर्तन गरिएको जनाएको हो।
समितिका अनुसार आजका लागि तय भएको काठमाडौँ रेजर्स एफसी र धनगढी एफसीको खेल भोलि साँझ ६ बजेबाट सुरु हुनेछ भने भोलिका लागि तय भएको सर्पोटिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीचको खेल पर्सि मङ्गलवार दिउँसो १ बजेबाट हुने छ।
प्रतिक्रिया






