धनुषा प्रहरीले गरे पाँच सय गाँजाको बोट नष्ट

जनकपुरधाम । धनुषामा प्रहरीले पाँच सय गाँजाको बोट नष्ट गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका ५ नौसय विग्हा उत्तरवारी टोल स्थितमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको हो ।
शनिबार बिहान १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षकको कमाण्डमा र मातहत इलाका प्रहरी कार्यालय धनुषाधामबाट र प्रहरी चौकी उमाप्रेमपुरबाछ खटेको प्रहरी टोलीले गाँजा नष्ट गरेका हुन् ।
अधैध रुपमा लगाइएको लागूऔषध गाँजाको बोटहरु फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया






