जानकी मन्दिरमा को हुन् असली महन्त !

मन्दिर एक तर, दुईजना महन्तलाई निमन्त्रण

जनकपुरधाम । भारतको अयोध्यामा निर्माणधिन राम मन्दिरको उद्घाटन समारोहमा जानकी मन्दिरको दुईजना महन्तको नाममा निमन्त्रणा आएको विषयले फेरि चर्चा पाएको छ।

एउटै मन्दिरमा दुईजना महन्तको नाममा राम मन्दिरको उद्घाटन समारोहको निमन्त्रणा आएपछि मन्दिरको असली महन्त को भन्ने विषयमा फेरि विवाद चर्कीएको छ।

श्री राम जन्मभूमि तीर्थ क्षेत्रको नामबाट आएको निमन्त्रण पत्रमा जानकी मन्दिरका हालका मुख्य महन्त राम तपेश्वर दास वैष्णव र मन्दिरका हालका छोटा महन्त रामरोशन दासको नाममा आएको निमन्त्रण पत्रले चर्चा पाउन थालेको छ।

मन्दिरका छोटे महन्त रामरोशन दासले आफ्नो सामाजीक सञ्जाल फेसबुकमा गत २२ डिसेम्बरमा सार्वजनिक गरेको उक्त निमन्त्रण पत्रमा एउटै मन्दिर तर दुईजना महन्तको नाममा पत्र आएको देखिन्छ।
आगामी २२ जनवरीमा अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहको आयोजन गरिनेछ।

राम मन्दिरको उद्घाटन समारोहमा भगवान रामको ससुरालीबाट कोसेली पठाउने नपठाउने विषयमा मन्दिरका दुई महन्तबीच विवाद चुलिएको थियो। अहिले भने सिताको जन्मभूमिबाट कोसेली पठाउने तयारी भइरहेको र विवाद साम्य भएको देखिन्छ।

मन्दिरको महन्त को ? भन्ने विषयमा पछिल्लो समय जानकी मन्दिरमा बहस हुने क्रम पनि बढेको छ।

प्रतिक्रिया