आज तमु ल्होसार मनाउँदै छन् गुरुङ समुदाय

काठमाडौं । आज गुरुङ समुदायले मनाउने तमु ल्होसार, हर्षोल्लासका साथ मनाइँदै छ।

सन् १०० बी.सी.तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्रि चन्पोको सातौं पुस्ता)को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भएको इतिहास छ।

पहिलो चन्द्रमास पात्रोको शुरुवात गरिएको मान्यता छ। त्यस प्राचीन पात्रो अनुसार ल्होसार वर्षको दिन पुस १५ मा मनाइने गरिन्छ।
तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सवंत सुरु भएको भन्दै आज हर्षोल्लासका साथ यो पर्व मनाउने गर्छन्।

पर्वको पूर्व सन्ध्याँमा पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गर्ने गरिन्छ।

आजको दिन बिहानैदेखि ढोगरभेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।

ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्ने गर्छन्।

सरकारले आजको दिन सार्वजनिक विदा समेत दिएको छ।

प्रतिक्रिया