रौतहटका दुई पालिकामा विवाद, उपप्रमुखहरूले नै गरे तालाबन्दी

रौतहट। रौतहटमा जनप्रतिनिधिहरूबीच विवाद बढेसँगै उपप्रमुखहरूले कार्यालयमा तालाबन्दी गरेका छन् ।

रौतहटको कटहरिया नगरपालिका र गरुडा नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै नगर उपप्रमुखहरूको अगुवाइमा तालाबन्दि गरिएको हो।

गत शुक्रवारदेखि गरुडा नगरपालिकामा र सोमवारदेखि कटहरिया नगरपालिकामा उपमेयर कै नेतृत्वमा जनप्रतिनिधिहरूले तालाबन्दि गरेका हुन्।

गरुडा नगरपालिकाका नगर उपप्रमुख पुनम चौधरी र कटहरिया नगरपालिकामा उपप्रमुख रितादेवि यादवको अगुवाइमा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरपालिकाको मूल ढोकामै तालाबन्दी गरेपछि कामकाज प्रभावित बनेका छन्।

प्रतिक्रिया