सहिद हेमनारायण गोल्डकप : उद्घाटन खेलमा विजयीसँगै नवजनजागृति सेमिफाईनमा प्रवेश

आज चात्या सा पुस्तकालय दमक(झापा) र बागमती युवा क्लव सर्लाही भिड्ने

सिरहा । सहिद हेमनारायण गोल्डकप अन्र्राष्ट्रिय फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । सिरहा नगरपालिकाको आर्थिक सहयोग र सल्हेश युवा क्लबको आयोजनाबाट सोमबारबाट प्रतियोगिता सुरु भएको हो ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवंम् सिरहा ३ का प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठ, नगरपालिकाका मेयर डा. नवीन कुमार यादव र उपमेयर बबिताकुमारी साहले संयुक्त रुपमा उद्घाटन गर्दै सोमबारदेखि सुरु खेल सुरु भएको हो । फागुन २१ बाट सुरु भएको खेल ९ दिनसम्म चल्नेछ ।

खेलको उद्घाटन सत्रमा बोल्दै सिरहा नगरपालिकाका मेयर डा.नवीनकुमार यादवले प्रतिगोगितामा सहभागि टिमहरुलाई बधाई र शुभकामना दिए । उनले खेल र खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना हुन आवश्यक रहेको बताए। मेयर डा. यादले नगरपालिकालाई विश्वभरी चिनाउन पनि खेलकुद क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले खेलकुदले मानिसलाई अनुशासित, स्वस्थ राख्न मद्दत गर्ने बताए।

खेलकुदले यतिमात्रै एक अर्कालाई बुझ्ने, मर्यादा र सम्मान गर्ने मौका पनि मिलेको उनले बताए । मेयर डा. यादवले सिरहा नगरपालिका खेलको माध्यमबाट पनि विभिन्न ठाउँमा चिनिने गरेको हुँदा आफुले खेलकुदलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको बताए ।

‘सिरहा सदरमुकाम आफैमा पहिचान कायम गरेको राजा सलहेशको नगरी हो, उनले भने, यो ठाउँलाई अझ राम्रो र पहिचानलाई कसरी बचाउन सकिन्छ । यो ठाउँलाई विश्वसामु कसरी चिनाउन सकिन्छ । त्यसमा आफ्नो जोडबल रहेको मेयर डा.यादवले बताए । यसकै निमति खेलकुदको माध्यमलाई पनि योजना तहत अगाडी बढाएको छु, उनले भने ।

उनले अगामी दिनमा वडास्तरी, नगरस्तरीय, प्रदेशस्तरीय र संघ स्तरीय खेलकुदको आयोजना नगरपालिकाबाट गर्ने प्रतिबद्धता जनाए । उनले फुटबल मात्रै होईन, भलिबल, क्रिकेट लगायतका सबै खेलहरुलाई एकिकृत गरेर विभिन्न खेलको आयोजना गरिने बताए ।

उनले खेलकुदको माध्यमबाट देशका कर्णधार यस नगरपालिकाका युवाहरुलाई कुलतबाट जोगाउन पनि मद्दत पुगेको बताए । आफु निर्वाचित भएको अवस्थामा यस नगरका युवाहरु गतल बाटोमा लागेको प्रत्यक्ष रुपमा देखेको थिए । तर, नगरपालिकामार्फत खेलकुदको आयोजना गर्दै जाँदा धेरै युवाहरु ती गलत बाटो छोडेर सही बाटो रोजेको अनुभूति भईरहेको उनले बताए ।

मेयरले नगरपालिकाभित्रका युवाहरुलाई पढेलेखेर जागरि मात्रै होईन खेलतर्फ पनि लाग्न आव्हान गरे । जागरि गरेर मात्रै होईन खेलको माध्यमबाट पनि जीवनयापन गर्न सकिन्छ, मेयर यादवले भने, खेलकुदमा राम्रो गर्न सके जीवनयापनको साथ साथै समाज र राष्ट्रको नाम पनि विश्वसामु चिनाउन सकिन्छ। त्यसैले खेलकुदतर्फ पनि अहिलेका युवाहरु लाग्नुपर्छ उनले बताए ।

मेयर यादवले नगरका अभिभावकहरुलाई पनि आ–आफ्ना बालबालिकाहरुलाई पढाई लेखाईका साथै खेलकुदतर्फ पनि ध्यानाकर्षण गराउन दिन सुझाए ।

उनले नगरपालिकाले गराउने यस्ता खेलहरुलाई सफल बनाउन सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।

उद्घाटन खेलमा विजयीसँगै नवजनजागृति सेमिफाईनमा

प्रतियोगिताको पहिलो खेलमा नवजनजागृति युवा क्लब सिमराले विजयी शुरुआत गरेको छ । उद्घाटन खेलमा नवजनजागृतिले डाँगीहाट फुटबल क्लब मोरंगलाई २–० ले पराजित गरेको हो । पराजित भएसँगै डाँगीहाट फुलबल क्लब पहिलो खेलबाटै बाहिरिएको छ । यससँगै नवजनजागृति सेमिफाईनलमा प्रवेश गरेको हो ।

नवजनजागृतिको जितमा प्रज्वल थापा मगरले र समिरज ठोकरले एक एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोश्रो हाफमा भने डाँगीहाटमाथि नवजनजागृति सिमरा हावी भयो ।

दोश्रो हाफमा डाँगीहाटविरुद्ध नवजनजागृति टिमले दुई गोल गर्दै विजयी भएको हो । खेलको ४७ औं मिनटमा नवजागृतिका प्रज्वल थापा मगर र ५३ औं मिनेटमा समिरज ठोकरको गोलले नवजनजागृतिलाई विजयी भए ।

खेलको म्यान अफ दी म्याच नवजनजागृति युवा क्लबका प्रज्वल थापा मगर घोषित भए । उनले तीनजार नगदसहित ट्रफि प्राप्त गरे ।

मंगबार(आज) चात्या सा पुस्तकालय दमक(झापा) र बागमती युवा क्लव सर्लाहीबीच प्रतिष्पर्धा हुनेछ ।

३० फागुन सम्म चल्ने प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको बिजेताले २ लाख ७१ हजार तथा उपविजेतालाई नगद १ लाख ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सलहेश युवा क्लबका अध्यक्ष राजीप यादवले बताए ।

सहिद हेमनारायण गोल्डकप अन्र्राष्ट्रिय फुटबल प्रतियोगिता पछिल्लो वर्ष पनि आयोजना भएको थियो । यसवर्षको प्रतियोजितामा विजेता टिमको पुरस्कार राशिमा पनि २० हजारले बृद्धि गरिएको छ।

प्रतिक्रिया