सिरहा नगरपालिकामा आज शोक विदा

सिरहा । सिरहा नगरपालिकाले आज शोक विदा दिएको छ ।
फागुन २७ गते आइतबारका दिन नगरपालिकाको कार्यालय सहयोगी इन्द्रदेव यादवको निधन भएपछि नगरपालिकामा शोक विदा दिइएको हो ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै नगरपालिका कार्यालय मातहतका स्वास्थ्य संस्था लगायतका कार्यालयहरु पूर्ण रुपमा बन्द रहने गरी शोक विदा दिइएको जनाइएको छ ।
कार्यालय सहयोगी यादवको असमायिक निधन भएको जनाइएको छ ।

प्रतिक्रिया




