जानकी मेडिकल कलेज : अव्यवस्थित तथा असुरक्षित होस्टेल, पानी र विजुलीको अवस्था भयावह !

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित सञ्चालित जानकी मेडिकल कलेज छात्राहरुको लागि असुरक्षित रहेको पाइएको छ । विशेषगरी कलेजको छात्रावास (होस्टेल)मा बस्ने छात्राहरू असुरक्षित रहेको पाइएको हो ।
छात्रावासमा विजुलीको राम्रो व्यवस्था छैन भने पानीको पनि त्यस्तै समस्या छ । पानी र विजुलीको समस्या दयनीय हुँदा छात्रावासमा बस्ने छात्राहरूको दैनिकी नै प्रभावित बनेको छ ।
सुविधा सम्पन्न भन्दै आधा करोड भन्दा बढी रुपैयाँ लिने कलेजले छात्राहरूका लागि विजुली र पानीको व्यवस्थापन राम्रोसँग गर्न सकेको छैन् ।
लामो समयदेखि कलेजका व्यवस्थापन पक्षले सो समस्या सुधार नगरेपछि छात्राहरूले शुक्रवार कलेजका सञ्चालक ओम प्रकाश पाण्डेलाई ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरूसँग कलेजले प्रति महिना छात्रावास वापत ९ हजार रुपैयाँ लिने गरेको छ । तर, पानी र विजुली बत्तीको उचित व्यवस्थापन नगरेपछि बाध्य भएर उनीहरूले कलेजका सञ्चालकलाई ध्यानाकर्षण गराएका हुन् ।
कलेजका एकजना विद्यार्थी भन्छन्,–‘केटी मान्छे बस्ने छात्रावास संवेदनशील मानिन्छ । तर, त्यहाँ केहीको सुविधा राम्रो छैन् । झन कलेजको छात्रावास गाउँवस्ती भन्दा टाढा छ । यहाँ सुरक्षाको दृष्टिकोणले पनि हामी असुरक्षित छ ।’
कलेजको उक्त छात्रावासमा आवश्यकता अनुसारको होस्टेल वार्डेन पनि नरहेको बताइएको छ ।
कलेजमा अध्ययनरत करिब २ दर्जन छात्राहरूले सञ्चालकलाई तत्काल समस्या समाधान गरिदिन ध्यानाकर्षण गराएपछि सञ्चालकले आइतवार उक्त समस्या समाधान गरिदिने आवश्वासन दिएका छन् ।
यो पनिः–
जेएमसीको दादागिरीः विकृतिविरुद्ध बोल्नेलाई फेल गरिदिने धम्की,आईओएमलाई पैसाले किनेको घुर्की
जानकी मेडिकल कलेजमा विद्यार्थीको भविष्य र जनताको स्वास्थ्यसँग खेलबाड, छैन कुनै मापदण्ड पूरा
जानकी मेडिकलले भर्ना लिन नमाने पछि बालकको मृत्यु, अस्पतालमा बनिनियाका बिरामी भर्नामा निषेध गरिँदै !
ऐन कानूनलाई ठाडो चुनौती दिँदै जानकी मेडिकल कलेज, नक्सा पास बिनै भवन निर्माण






