वडाध्यक्ष मुखियाको निधन

चन्द्रपुर (रौतहट) । माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उहाँको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उनी निर्वाचित भएको थियो ।

प्रतिक्रिया