गाउँमा उपद्रो गरेको आरोपमा वडाध्यक्ष गुप्ता पक्राउ

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।

गाउँमा उपद्रो गरेको आरोपमा गुप्तालाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। शुक्रबार राति वडाध्यक्ष गुप्ता आफ्ना समर्थकसहित स्थानीय परशुराम गिरीको घरमा पुगेका थिए। सो क्रममा गुप्ताको नेतृत्वमा गएको समूहले गिरी तथा उनका परिवारका सदस्यहरूलाई कुटपिट गर्नुका साथै घरमा ढुंगामुढा गरेका थिए।

उक्त आक्रमणको प्रतिकार गर्दै गिरीले बन्दुक निकालेर एक राउण्ड हवाई फायर गरेका थिए। त्यसपछि वडाध्यक्ष गुप्ता र उनका समर्थकहरू भागेका थिए। घटनापछि प्रहरीले उपद्रो मुद्दामा वडाध्यक्ष गुप्तालाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया
    ट्याग: