सिर्सिया नदीको प्रदूषणलाई हातेमालो गरेर स्वच्छ र हराभरा बनाउनुपर्छः मुख्यमन्त्री सिंह

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्सास्थित सिर्सिया नदीको अवलोकन गरेका छन् ।
अवलोकनको क्रममा उनले सिर्सिया नदीको प्रदूषणलाई स्थानीय र प्रदेश सरकारले हातेमालो गरेर स्वच्छ र हराभरा बनाउनुपर्ने धारणा राखे ।
उनले भने, “सिर्सिया नदी कुनै कालखण्डमा स्वच्छ र पवित्र नदी भएकाले यहाँ स्नान गरेमा पनि विभिन्न खालका रोगव्याधी निको हुने जनविश्वास रहेको थियो तर त्यस्तो रहेन, प्रदूषणका कारण निकै समस्या भएको छ । अब सबै मिलेर यसलाई सफा गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।”
प्रतिक्रिया






