उच्च अदालत जनकपुरको आदेशः ढल्केवरको डान्सबार सञ्चालन गर्न नरोक्नु

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा संचालित डान्सबारहरु संचालन गर्नमा रोक नलगाउन उच्च अदालत जनकपुरले आदेश दिएको छ। न्यायधिश जशदीश घिमिरेको एकल इजलाशले उक्त आदेश जारी गरेको हो।

मिथिला नगरपालिकाले गत २९ गते नगरपालिका क्षेत्रभित्र संचालनमा रहेको डान्सबारहरु बन्द गर्न निर्देशन दिएको थियो। नगरपालिकाले डान्सबारका कारण समाजमा उच्छृंखलता बढ्दै गएको र आपराधिक गतिविधिलाई प्रोत्साहन गरेको भन्दै सात दिने सूचना प्रकाशन गरेको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारीले जनगुनासो प्राप्त भएपछि नगरपालिकाबाट व्यवसाय संचालन गर्ने गरी अनुमति लिई डान्सबार संचालन गरेको भन्दै बन्द गर्न सात दिने अल्टिमेटम दिएको थियो। तर अदालतले नगरपालिकाको सो निर्णय तत्काल लागू नगरी यथास्थितिमा राख्ने गत मंगलबार आदेश दिएको छ।

डान्सबार संचालन गर्न माया रेष्ट्रो बार प्रा.लि.का संचालक अजय महतोले डान्सबार संचालन गर्न पाउनुपर्ने भन्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको थियो।

महतोले कम्पनी रजिष्ट्रार, नगरपालिकामा व्यवसाय दर्ता, घरेलु तथा साना उद्योगको कार्यालय र जिल्ला प्रशासन समेतबाट अनुमति लिएकोले डान्बार संचालन गर्न पाउनुपर्ने भन्दै अदालतमा मुद्दा दिएका थिए। बारले क्यासिनो संचालन गर्ने समेत अनुमति लिएको बुझिएको छ।

डान्सबारको तर्फबाट अधिवक्त प्रदिप कुमार मिश्रले वहस गरेका थिए।

यो पनिः ढल्केवरका डान्सबार बन्द गर्न किन निकाल्यो मिथिला नगरपालिकाले सूचना, यतिका वर्ष किन थिए मौन!

जनकपुरमा पनि ‘डान्सबार’, प्रहरीको कानै छेउमा रातभर ‘छमछम’

प्रतिक्रिया