११३ वर्षीया अधिकारीले गरिन् मतदान

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेको छ ।

अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गर्नुभएको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिएको छ । अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरेको हो ।

उक्त नगरमा मतदानकार्य शान्तिपूर्वक वातावरणमा सञ्चालन भइरहेको भण्डारीले बताए । नगरमा ७१ हजार ७५६ मतदाता रहेका छन् ।

प्रतिक्रिया