तिंकरमा सकियाे मतदान, छांगरुमा सकिदै

व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् ।

तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिनुभयो । तिंकर मतदान केन्द्रमा १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए । 

व्याँस–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छांगरुमा २०९ ले मतदान गरेका छन् । यस केन्द्रमा ३७५ जना मतदाता छन् ।
यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु तिंकर बसाई सरेका थिए । त्यहाँका स्थानीय छ महिना सदरमुकाम खलंगा र छ महिना छाङ्गरु तिंकर बसाई सर्ने गरेका छन् । 

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: