आयोगलाई ‘यान’ को सुझाव : ‘उच्छृंखल गतिविधि गर्नेलाई कानून बमोजिम कारवाही गर्नुपर्छ’
काठमाडौं । निर्वाचन पर्यवेक्षणबारे युथ एडभोकेसी नेपालले ७ बुँदे प्रारम्भिक तथ्य सार्वजनिक गरेको छ । प्रेस विज्ञप्ति मार्फत यानले सार्वजनिक गरेको ७ बुँदे प्रारम्भिक तथ्यमा उत्श्रृङ्खल गतिविधि गर्ने तथा मतदान प्रक्रिया अवरुद्ध, सामान्य झडप, तोडफोड, कुटपिट, मतपेटिकामा आक्रमण गर्नेलाई प्रचलित निर्वाचन कानुन तथा आचार संहिता अनुरुप कारवाही गर्न सरकारलाई सुझाव दिएका छन् ।
सम्पन्न निर्वाचनबारे पर्यवेक्षण गरेको युथ एड्भोकेसी नेपाल ’यान’ले निर्वाचन आयोगलाई भयरहित निर्वाचनको लागि आग्रह गरेको छ । देशका २३ जिल्ला परिचालन गरेको ९४ पर्यवेक्षक सदस्यबाट प्राप्त सूचना तथा तथ्यको आधारमा निर्वाचनलाई थप मर्यादित बनाउन आग्रह गरेको छ ।
देशका कतिपय स्थानमा भएका हिंसात्मक क्रियाकलापको कारणले निर्वाचन पर्यवेक्षकहरुमा त्रासको अवस्था देखिएको युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाद्धारा प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा आगामी दिनमा हुने निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र थप भयरहित बनाउनका लागि सरोकारवाला निकायलाई संवेदनशील भुमिका खेल्नुपर्ने उल्लेख छ ।
यस्तो छ प्रकाशित प्रेस विज्ञप्ति :