मनाङको नासों गाउँपालिका १ को वडाध्यक्षमा एमाले विजयी

काठमाडौँ । मनाङको नासों गाउँपालिका १ को वडाध्यक्षमा एमालेका मिनराशी गुरुङ विजयी भएका छन् । शुक्रबार राति सार्वजनिक मतपरिणामअनुसार गुरुङ १६४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसकी ललिता गुरुङले ६७ मत पाइन् । 

९ वटा वडामध्ये वडा नं. १ को मत गनिसक्दा पालिका अध्यक्षमा एमालेका उम्मेदवार मनबहादुर गुरुङ १९४, कांग्रेसका धनबहादुर गुरुङले ४९ मत पाएका छन् । यस्तै उपाध्यक्षमा स्वतन्त्र अर्विन गुरुङले १५२ र माओवादीका उम्मेदवार बेदबहादुर गुरुङले ५५ पाएका छन् ।

नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात् ८३ दशमलब ०१ प्रतिशत मत खसेको छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: