अहिलेसम्म कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । स्थानीय तहको निर्वाचनमा अहिलेसम्म कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबारको प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हालसम्म ५७० स्थानीय तहको नतिजा प्रकाशित भएको छ । जसमा प्रमुख १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, वडाध्यक्ष ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका छन् ।

प्रतिक्रिया