सामाजिक सञ्जालमा आइरहने महिला हिंसाका घटना, किन दोहोरिरहन्छन् ?

काठमाडौं । पछिल्लो समयम सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । गत बुधबार ‘सुसी खान जाने हो’ टिकटक एकाउटबाट एक युवतीले आफू बलात्कारको सिकार भएको जानकारी दिइन् । २/२ मिनेटका २० वटा भिडियोमा उनले कहिले ? कसरी रु बलात्कृत भइन् त्यसबारे जानकारी दिएकी छन् ।

अहिले उनको टिकटक एकाउन्ट टिकटकले ब्यान्ड गरिसकिएको छ । तर, उनको इन्स्टाग्राममा भने हेर्न सकिन्छ । उनले भिडियोमा आफूले बाल्यकालमा नै केहि फिल्महरू खेलेको र मोडल बन्ने सपना रहेको बताएकी छिन् ।

सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी भएको र प्रतियोगितामा दोस्रो भएको उनले बताएकी छिन् । त्यहि कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको उनको भनाइ छ ।

कार्यक्रम सकिएपछि उनले एक दिन कल गरेर सक्सेस पार्टी छ, रेडी भएर आउनू भनेर एभरेष्ट होटलमा बोलाएर आफूमाथि हिंसा गरेको उनले बताएकी छिन् ।

पीडितले भनेकी छन्, ‘म उनले बोलाए अनुसार होटलमा जाँदा अरु कोही देखिनँ, अरु खोइ त भनेर सोध्दा उनले तिमी धेरै चाँडो आयौं, पार्टी ६–७ बजेदेखि छ भनेका थिए ।’

केहीबेरपछि होटलका कर्मचारीले आफूलाई ‘लेमनेड’ दिएको र त्यो खाएको १०–१५ मिनेटमा आफू लठ्ठिएको उनको भनाइ छ । त्यसपछि आफुले त्यो व्यक्तिलाई म घर जान चाहन्छु, मलाई असहज महसुस भयो भनेको र उनले अरुले के सोच्छ भन्दै बस्न दबाब दिएको बताएकी छिन् ।

आफूलाई यौन हिंसा गर्ने व्यक्तिले केटीहरूले धेरै पिउन सक्छन्, समस्या हुनसक्छ भनेर राख्नलाई रुम लिएको बताएको र त्यहाँ आराम गर्न भनेको पनि उनले भनेकी छन् । उनले गएर रेस्ट गर, सबै आएपछि उठाउन बोलाउँछु भनेको पनि उनले बताएकी छिन् ।

तर, म बेहोसीमा भएको र बेलाबेलामा होसमा आउँदा उसले जबरजस्ती करणी गरिरहेको थाहाँ पाएको पनि उनले बताएकी छिन् । बिहान साढे ४–५ बजे होस खुल्दा आफू र ती व्यक्तिलाई नग्न अवस्थामा पाएको उनको भनाइ छ ।

त्यतिबेला आफूलाई के भयो भनेर विश्वासै गर्न नसकेको र आफू जत्तिको मान्छे पनि बलात्कृत हुन्छु होला भनेर कल्पनै नगरेको उनले बताएकी छिन् ।

त्यहाँ आफू एकदमै रोइरहेका बेला ती व्यक्तिले आफ्नो झोलामा २० हजार हालिदिएर तलाईं पैसा चाहिएको थियो, त्यसैले तैंले भने अनुसार नै सबै भएको भन्दै धम्क्याएको उनले बताएकी छन् ।

त्यतिबेला उनले आफ्नो नग्न तस्वीर र भिडियो खिचेको र कसैलाई घटनाबारे बताए सार्वजनिक गरिदिने भन्दै धम्की दिएको उनले भनेकी छन् । उनले आफ्ना अनलाईनमा साथी भएको र त्यहाँबाट नग्न तस्वीर निकालिदिन्छु भनेको पनि बताइन् ।

६ महिनासम्म जतिबेला उसलाई चाहिन्थ्यो, उसले कल गरिरहने र आफूसँग सम्बन्ध राख्ने उनले बताएकी छिन् ।

त्यो समयमा एक जना खड्का थरका उनका केटा साथीले उनलाई निकै सहयोग गरकोे र आफूलाई यौन हिंसा गर्ने व्यक्तिको कन्सल्टेन्सीमा गएर कन्सल्टेन्सी सञ्चालक र फोटो पत्रकार दुवैलाई राखेर फोन रेकर्ड, मलाई गरेको म्यासेज सबै देखाइदिएको उनले बताएकी छिन् ।

त्यो समयमा आपूmले पूर्वमिस नेपाल माल्भिका सुब्बालाई घटनाबारे बताएको र सहयोग गर्न भनेपनि सुब्बाले आफूलाई सहयोग नगरेको उनको भनाइ छ । आफूलाई हिंसा गर्ने व्यक्ति माल्भिकाको कोरियोग्राफर रहेको उनले बताएकी छिन् ।

त्यसपछि आफू उक्त घटनाले मानसिक रुपमा कमजोर भएको र सबै कुरा कसैलाई भन्न नसकेको उनले बताएकी छिन् । आफूसँग सम्बन्धमा बसेका केटा साथीहरूलाई उक्त घटनाको बारेमा सुनाएपनि उनीहरूले नै उल्टै आफूमाथि हिंसा गरेको उनले बताएकी छिन् ।

यो त पछिल्लो समय चर्चामा आएको घटना हो । यसअघि पनि यस्तै घटना सामाजीक सञ्जालमै आएको थियो । एकजना प्रसिद्ध गायिका र नायकको विषयमा । त्यस अघि पनि नायिका र नायकको विषयमा यस्तै घटना आएको थियो । यस्ता कैयन घटना हुने गरेका छन्, हाम्रै समाजमा । तर, त्यसबारे जानकारी बाहिरिँदैन । कारण, समाजले के भन्ला रु अभिभावकमाथि कस्तो प्रभाव पर्ला रु यस्ता प्रश्नले बलात्कृत भएकाहरू डराउँदै आफूलाई बारम्बार बलात्कारीलाई सुम्पिनु परिरहेको हुन्छ । यी सबका बीच पीडितलाई न्याय दिलाउने, उसलाई न्यायका लागि लड्नका लागि हौसला दिनुको साटो सस्तो लोकप्रियता कमाउने होड पनि पछिल्लो समय चलेको देखिन्छ ।

कसैलाई पीडा परिरहँदा उसलाई सान्त्वना दिनुको साटो उसको दुःखलाई आफू चर्चित हुन खोज्नु पनि बिडम्बना नै लाग्छ । पूर्व मिस नेपाल माल्भिकाको नाम घटनामा आइसके पछि उनले आफू त्यो समय डिप्रेसनमा रहेको प्रतिक्रिया दिइन् । उनको यो प्रतिक्रियालाई लिएर अहिले नेपाली चलचित्र जगत नै तरङ्गित बनेको छ भने संसदमा दोषीलाई कारबाही र बलात्कार मुद्दामा हदम्याद हटाउन माग उठ्न थालेको छ ।

माल्भिकाको प्रतिक्रियामा नायिका प्रियङ्का कार्की, निशा अधिकारी लगायतले समर्थन जनाएका छन् भने उद्घोषक आशिफ साह र पीडिताको पक्षमा रहेकाहरूले विरोध अनि असन्तुष्टि जनाएका छन् ।

यता संसदमा दोषीलाई कारबाहीको माग र बलात्कारको मुद्दामा हदम्याद हटाउन माग हुन थालेको छ भने महिला सांसदहरूले सौन्दर्य प्रतियोगिता नै रोक्न माग गर्न थालेका छन् ।

सोमवार बसेको प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले जबरजस्ती करणीसम्बन्धी मुद्दाका लागि प्रचलित हदम्यादको प्रावधानलाई पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, गृह मन्त्रालय र महिला मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि समितिले सरकारलाई हदम्यादको व्यवस्था पुनरावलोकन गर्न निर्देशन दिएको हो । महिला सांसदहरूले भने नेपालमा सौन्दर्य प्रतियोगिता रोक्न माग गरेका थिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग गरिन् । महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा भएको छलफलमा उहाँले सुन्दरी प्रतियोगिता आयोजना नगरे बापत राज्यलाई कति घाटा पर्छ रु भनेर सरकारलाई प्रश्न समेत गरिन् ।

सांसद थापाले बलात्कारको घटनामा एक वर्षभित्र उजुरी गर्नु पर्ने हद म्याद हटाउनु पर्ने पनि माग गरिन् । काँग्रेस सांसद पुष्पा भुसालले महिला हिंसा सम्बन्धी सबै कानुनको पुनरावलोकन गरी रहेको बताइन् ।

सरकारले पनि यस मुद्दामा ध्यान दिँदै दोषीलाई कारबाहीको लागि पहल सुरु गरेसँगै पीडक पक्राउ परेका छन् । संसदको निर्देशन लगतै घटनामा दोषि भनिएका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

उनीविरुद्ध दुई वटा उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइयो । सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएपछि उनलाई आज अदालतमा उपस्थित गराइएको थियो ।

जिल्ला अदालत, काठमाडौंले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । उनलाई तत्कालका लागि मानवबेचबिखन सम्बन्धी कसूरमा म्याद थपेर अघि बढ्ने निर्णय भएको घटनाको छानविन समितिले जनाएको हो ।

यसअघि पाण्डेलाई अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी थियो । तर, महान्यायाधिवक्ता कार्यालयको राय र अन्य कानून व्यवसायीहरूसँगको छलफलपछि मानवबेचबिखनविरुद्धको कसूरमा अनुसन्धान अघि बढाउने टुङ्गो लागेको छ ।

सपना बोकेर कुनै पेशामा छिर्दै गर्दा त्यो पेशा नै गलत हो र पेशा नै अभिसाप बनिदेला भन्ने कसैले सोचेको हुँदैन । पेशा कुनैपनि नराम्रो हुँदैन । त्यसलाई नराम्रो बनाउनेलाई तह लगाउनु पर्छ । र, त्यसका लागि सबैले बेलैमा आवाज उठाउनु पर्छ ।

प्रतिक्रिया