सुबिन भट्टराईको कृति ‘इजोरिया’ बजारमा

काठमाडौं । नेपाली साहित्यमा नयाँ र भिन्न प्रयोगबाट परिचित लेखक तथा आख्यानकार सुबिन भट्टराईको नयाँ कृति ‘इजोरिया’ शुक्रबार विमोचन भएको छ । विमोचन सहित ‘इजोरिया’ बजारमा पाईने प्रकाशक फाईन प्रिन्टले बताएको छ । पछिल्लो समय नवयुवा माझ प्रिय सुफी नामक कृतिबाट नयाँ उत्साह थपेका भट्टराईको नयाँ कृति ‘इजोरिया’ चार बर्षपछि पाठक माझ प्रकाशन भएको हो ।

कथाकि पात्र, समर लभ, साया र मनसुन जस्ता बेस्ट सेलर पुस्तक लेखेका भट्टराई नयाँ युवा पाठक माझ परिचित छन् । उनको विमोचन कार्यक्रममा झापादेखि सुदुरपस्चिमसम्मका पाठकको उपस्थिति रहेको प्रकाशक फाईन प्रिन्टले जनाएको छ ।

लेखन प्रक्रियामा नयाँ आयाम थप्दै आएका भट्टराईले यसपटक इजोरियामा नयाँ प्रयोग गरेका छन् । युवालाई लक्षित लेखनमा मखनपन दिने भट्टराईले यसपटक मधेशका कथाबस्तुमा आधारित लेखेका छन् । विमोचन कार्यक्रममा बोल्दै भट्टराई भन्छन्, ‘मैले तिन पुस्ताका पाठकका कुरा समेट्नु पर्ने हुन्छ । त्यसैले नयाँ आयामको प्रयोग गरेको हुँ ।’ नयाँ प्रयोग गर्दा पाठक तथा आफैलाई पनि सन्तुष्टि मिल्ने उनले बताए ।

उनको यस कृति पढ्न किताव प्रेमिमा उल्लास रहरेको छ । किताव पढेसंगै इजोरियाको प्रकाशले नतमस्तक पार्ने भट्टराईको कथन छ । पुस्तक बजारमा आईसकेकोले भट्टराई पाठकबाट प्रतिक्रियाका लागि नतमस्तक देखिन्छ ।

प्रतिक्रिया