जानकी मेडिकल कलेजमा ‘जेएमसी फेस्ट २०८०’ सुरु

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयास्थित जानकी मेडिकल कलेजमा ‘जेएमसी फेस्ट २०८०’ सुरु भएको छ । कलेजको आयोजनामा सप्ताहव्यापी जेएमसी फेस्ट आजबाट सुरु भएको हो ।
कलेजको आफ्नै मैदान सुरु भएको फेस्ट अगामी सोमबारसम्म चल्नेछ । फेस्टमा कलेजको सात वटा ब्याचको विद्यार्थीहरु र एउटा डाक्टरको टिम सहभागि रहेको छ । फेस्टमा विभिन्न खेलहरु, मिथिला चित्रकला प्रतियोगिता, फोटोग्राफी कम्पिटिसन, दौड प्रतियोगिता, खानाको प्रदर्शनी लगायतका कार्यक्रमहरु राखिएको कलेजको १४ औं ब्याच विद्यार्थी एवं फेस्टका संयोजक सुमित अधिकरीले जनाएको छ ।
उनका अनुसार कलेजका सात वटा सहभागि ब्याचका छात्र छात्राहरुको टिमले फुटबल, भलिबल, क्रिकेट, क्रिकसल, ब्याडमिन्टन, चेस, क्यारमबोर्ड लुडो, म्युजिकल चेयर, स्पुनरेस, १०० मिटर दौड, ४०० मिटर दौड र अनलाईन तर्फ पबजी खेल प्रतियोगितामा भाग लिनेछन् । जसमध्ये डाक्टर टिमले क्रिकेट, चेस र ब्याडमिन्टन प्रतियोगितामा मात्रै भाग लिनेछन् ।
खेलमा सहभागि टिमहरु मध्ये सबैभन्दा बढी मेडल जित्ने टिमलाई बेस्ट ब्याच अफ द फेस्टको उपाधि दिईने संयोजक अधिकारीले बताए । यस्तै फेस्टको क्लोजिंग सेरेमोनीमा डिजे नाइटको समेत आयोजना हुने उनले बताए । अधिकारीले जुनियर ब्यचलाई ईमरजिंग प्लेयरको ट्रफी दिने बताए ।
‘मेडिकल आफैमा अस्तव्यस्त पेशा हो । त्यसमा पनि डक्टरहरु निकै तनावमा हुन्छ,’ संयोजक अधिकारी भन्छन्,‘त्यसलाई रिफ्रेसमेन्ट गर्न फेस्टको आयोजना गरिएको छ । यसले गर्दा सिनियर र जुनियरबीच सुमधुर सम्बन्ध पनि बन्छ,’ उनले भने ।
विद्यार्थीहरुमा व्यक्तिगत विकास र नेतृत्व विकास हुने उद्देश्यले फेस्टको आयोजना गरिएको संयोजक अधिकारी भनाइ छ । जेएमसी फेस्ट कलेजले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ ।
सात वटा ब्याचका करिब अढाइ सय विद्यार्थीहरु फेस्टका विभिन्न कार्यक्रमहरुमा भाग लिएका हुन् ।









