किन सहभागि हुने कायापलट सर्वेक्षणमा ?

जनकपुरधाम । कायापलट सर्वेक्षण प्लास्टिक प्रदूषणबार एक तथ्य परक खाेजका लागि गरिरहेकाे सर्वेक्षण हाे । जनकपुरधाम उपमहानगरपालिकामा २०७४ काे स्थानीय तह निर्वाचन पछि सबैभन्दा बढि चुनाैती फाेहर व्यवस्थापनमा रहेकाे छ । जुन स्थानीय सरकारकाे दाेस्राे कार्यकाल ०७९ सम्ममा पनि जस्ताकाे त्यस्तै अवस्था रहेकाे छ ।

१२ मंसिर २०७८ मा जनकपुरधाम उपमहानगरपालिका र वडा कार्यलयबिच नै फाेहर व्यवस्थापनकाे समस्याले टकराब पैदा गर्याे भने वडा अध्यक्षहरुले काठमाडाैँकाे माइतिघरमा समेत आई आन्दाेलनकाे माध्यमबाट आक्राेस पाेखेका थिए । त्यस्तै वडा अध्यक्षहरुद्वारा सामान्य प्रशासन मन्त्रालय तथा सहरी विकास र भाैतिक पुर्वाधार मन्त्रालयसम्म पुगेर केन्द्रिय सरकारबाट समाधानकाे अपेक्षा राखेका थिए । तर, दाेस्राे कार्यकाल सम्म आउँद पनि जनताकाे अपेक्षाले पुर्णता पाउन भने सकेकाे छैन् ।

वर्षायाम हाेस् वा सुख्खायाम, सामान्य हावा चलाेस् वा गाडी हिडाेस् जनकपुरधामका शहरक्षेत्रमा प्लास्टिक जन्य फाेहर यत्रतत्र सर्वत्र छरिएकाे हुने गर्छ । हावासँगै बाडुल्की मारिरहेकाे हुन्छ, प्लास्टिक । याे समस्यासंग आजित जनकपुरधामबासीकाे मत बुझ्न र स्थानीय सरकारलाई जवाफदेही बनाउन कायापलट सर्वेक्षण सुरु गरिएकाे हाे ।

प्लास्टिक जन्य फाेहर र त्यसबाट भइरहेकाे असरका कारक समेत पत्ता लाग्ने र स्थानीय सरकारलाई जनताकाे अपेक्षा के रहेकाे छ भन्ने जानकारी प्रदान गराउने उद्धेश्यले याे सर्वेक्षण गरिएकाे हाे । याे सर्वेक्षण नागरिक मिरर कायापलटको सहकार्यमा  २२ फाल्गुनदेखि सुरु भएकाे हाे । यसमा ७ चैत्रसम्ममा सहभागिता जनाउन सकिन्छ ।

त्यस पश्चात प्राप्त तथ्य र सूचना नागरिक मिररबाट प्रकाशित हुने छ । याे सर्वेक्षणमा सहभागिता जनाई जाे काेहीले पनि आफ्नाे मत जाहेर गर्न सक्दछन् ।

सर्वेक्षणमा सहभागि हुन् :

प्रतिक्रिया