कायापलट सर्वेक्षण : ९५ प्रतिशत जनताले भने ‘प्लाष्टिक झाेलामा राेक लगाउनु पर्छ’

उपमहानगरपालिका भन्छ - उचित ठाउँ छैन, फाेहर कहाँ फ्याक्ने ?

जनकपुरधाम । प्लास्टिक प्रदूषणबार एक तथ्य परक खाेजका लागि गरिरहेकाे कायापलट सर्वेक्षणमा ९५ प्रतिशत जनताले प्लाष्टिक झाेला प्रतिवन्ध लगाउन पर्नेमा मतदान गरेका छन् । जनकपुरधाममा दिनानूदिन बढ्दै गइरहेकाे प्लाष्टिक प्रदूषणबारेकाे सर्वेक्षणमा जनताले स्थानीय सरकारद्वारा प्लाष्टिक झाेलामा राेक लगाउन पर्ने बताएका हुन् ।

उक्त सर्वेक्षणमा ‘जनकपुरमा हुने प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने नीतिलाई समर्थन गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा ९५ प्रतिशतले प्रतिबन्ध लगाउन पर्ने भनेका हुन् । साथै उक्त प्रश्नमा ४.६ प्रतिशतले थाहा नभएकाे बताएका छन् ।

कायापलट र नागरिक मिररकाे संयुक्त पहलमा गरिएकाे सर्वेक्षणमा प्लाष्टिक जन्य झाेलाले पारेकाे असर तथा त्यसकाे निर्काैलकाे लागि २२ प्रश्नहरु राखिएका थिए । उक्त सर्वेक्षणमा सहभागिले जाहेर गरेकाे मत अनुसार सरकारकाे चाँसाे प्लाष्टिक झाेला राेक्न पर्नेमा उनीहरुकाे मतदानले देखाउँछ ।

उपमहानगरपालिका भन्छ – उचितठाउँ छैन, फाेहर कहाँ फ्याक्ने ?

जनकपुरधाम उपमहानगरपालिकाले भने सर्वेक्षणमा भनेकाे जस्ताे स्थानीय सरकारले गुठी सँस्थानसँगकाे सहकार्यमा खाल्टाे तथा उपयुक्त स्थानमा फाेहर फ्याकी रहेकाे बताएकाे छ । ‘फाेहर फ्याक्न खालि ठाउँमा पठाउँछाैँ, सूचना अधिकारी उमा शंकर मल्लिकले भने, ‘फाेहरकाे वर्गीकरण अहिले गरिएकाे छैन् र नगरपालिकासँग त्यसका लागि ठाेस प्रविधिसमेत छैन् ।’

नगरपालिकाले फाेहर व्यवस्थापन गर्न पर्ने स्विकार्दै यसका लागि उपयुक्त कार्यविधि बनाएर कार्य गर्ने याेजना रहेकाे नागरिक मिररसँगकाे संवादमा बताए । तर, कहिले र कसरी गर्नेमा भने नगरपालिका अझै तयार नभएकाे उल्लेख गरे ।

पछिल्लाे समय जनकपुरधाममा प्लाष्टिक फाेहरले सुन्दरता मेट्टाउँदै गएकाे स्थानीय राहुल साहले बताए । उनले जनकपुरधामले जति सक्दाे छिटाे यसमा चासाेँ देखाए उति राम्राे हुने बताउँछन् । ‘झाराे टार्न कहिले के के भनेर समस्या समाधान हुदैन्, उनले भने, ‘सरकारले छिट्टै कदम चाले जनकपुरकाे साख जाेगाउन सकिन्छ नभए याे प्लाष्टिककाे नगर भनेर बदनाम हुन्छ ।’

प्रतिक्रिया