काठमाडौं महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण भोलि

काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण भोलि हुने भएको छ ।

मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि) शपथ ग्रहण गर्ने भएका हुन् ।

काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतका अनुसार भोलि बिहान ११ बजेतिर मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ भने त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया