प्रादेशिक अस्पताल जनकपुरका वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. रामदेव चौधरी एनएमसी दर्ता नम्बर बिनै चलाउँछन् क्लिनिक

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरका डाक्टरहरूको बानीमा सुधारको कुनै छाटकाट देखिँदैन । सरकारी जागिरे र विभागिय प्रमुखहरू नै अधिकांश समय आफ्नो निजी क्लिनिकमा बिताउने कुरो नयाँ होइन । तर, एकजना चिकित्सकले आफ्नो क्लिनिकको नेम प्लेटमा अध्ययन अनुसारको विज्ञता नै फेरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरको इन्टर्नल मेडिसिन विभागमा कार्यरत छन् डा.रामदेव चौधरी । उनी दशौं तहका कर्मचारी हुन् ।

वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिस्ट रहेका डा.चौधरी पनि अधिकांश समय आफ्नै निजी क्लिनिकमा हुन्छन् । यतिमात्रै होईन वरिष्ठ फिजिसियन एवं पेट, कलेजो तथा मधुमेह रोग विशेषज्ञ लेखेको नेम प्लेट उनको क्लिनिकमा झुन्ड्याइएको पाईएको छ ।

उनको विज्ञता फिजिसियन एवं पेट तथा कलेजो रोगमा हो तर, उनले आफ्नो नेमप्लेटमा मधुमेह रोग विशेषज्ञ भनेर समेत लेखेका छन् । उनले मधुमेह रोगबारे अध्ययन गरेको हो भने त्यो पनि उनले आफ्नो नेम प्लेटमा उल्लेख गर्नुपर्ने हो । तर, उनको विज्ञताबारे कुनै जानकारी नेम प्लेटमा उल्लेख गरिएको भेटिँदैन् ।

यति मात्रै होइन, नेपाल मेडिकल काउन्सिलका अनुसार कुनै पनि चिकित्सकले आफ्नो नामसहितको बोर्ड वा प्रिस्किप्सनमा काउन्सिलमा दर्ता भएको नम्बर पनि उल्लेख गर्नुपर्छ । तर, डा.चौधरीको नेम प्लेटमा न त मधुमेह रोगबारेको विज्ञता उल्लेख गरेका छन् न त एनएमसी दर्ता नम्बर नै ।

काउन्सिलले चिकित्सकका लागि तोकेको आचारसंहिता अनुसार कुनैपनि चिकित्सकले गरेको अध्ययन उल्लेख गर्नुपर्ने हुन्छ भने काउन्सिलमा दर्ता भएको नम्बर पनि अनिवार्य उल्लेख गर्नुपर्ने हुन्छ । तर, चौधरी विभागिय प्रमुख भएर पनि उनको क्लिनिकमा काउन्सिलको नियम अनुसारको आचारसंहिता उल्लेख भएको छैन् । र, यसमा कसैको नजर पनि पुगेको छैन । कारण, मधेशका जनता आफै अनभिज्ञ छन् भने बुझ्नेले पनि त्यो कुरालाई वेवास्ता गरिरहेका छन् ।

यतिसम्म लापरवाही गर्दा पनि सम्बन्धित निकाय मौन देखिएको छ । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सकले नै यसरी गैरजिम्मेवारपूर्ण हर्कत गर्दा पनि चिकित्सकसँग प्रत्यक्ष सरोकार राख्ने मेडिकल काउन्सिललाई पनि यस विषयमा ध्यानार्षण हुनुपर्ने आवश्यकता देखिन्छ ।

काउन्सिललाई ध्यानाकर्षण मात्रै होईन यस्ता गैरजिम्मेवारीपूर्ण कार्य गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने चिकित्सकहरू नै बताउँछन् ।

यो पनि :-

प्रादेशिक अस्पताल जनकपुरको बेथिति : अझै सुध्रेन चिकित्सकको बानी, तलब सरकारको सेवा निजीमा

प्रादेशिक अस्पताल जनकपुरका अधिकांश विभागिय प्रमुख क्लिनकमै बिताउँछन् समय

डा.जामुन सिंह : सरकारको तलब खाने तर, सरकारकै अस्पतालमा नभेटिने

जनकपुर प्रादेशिक अस्पतालको निवास अझै पूर्व-कर्मचारी तथा उनीहरुको आसेपासेको कब्जामा

समाचार प्रभाव : प्रादेशिक अस्पताल जनकपुरको अनधिकृत रुपमा प्रयोग भइरहेको कर्मचारी निवास खाली, तर सांसद यादवको श्रीमतिले अझै टेरिनन्

प्रादेशिक अस्पताल जनकपुरमा व्यवस्थित जनशक्ति नहुँदाको पीडा कसले बुझिदिने ?

फोहोरको डङ्गुरबीच सेवा प्रवाह गर्दै प्रादेशिक अस्पताल

प्रतिक्रिया